दफा २१घ
पेटेण्ट, डिजायन वा टेडमार्कको हक हस्तान्तरण वा प्रयोगको अनुमति सम्बन्धी व्यवस्था
(१) आफ्नो नाममा दर्ता रहेको पेटेण्ट, डिजायन वा टेडमार्क अरु कसैको नाममा हस्तान्तरण गरी दिन वा प्रयोग गर्न पाउने गरी लिखित रुपमा अनुमति दिन हुन्छ ।
(२) उपदफा (१) बमोजिम हस्तान्तरण गर्न वा प्रयोग गर्न दिन चाहेमा तोकिए बमोजिमको दस्तुर सहित त्यस्तो पेटेण्ट, डिजायन वा टेडमार्कवाला र त्यसरी पेटेण्ट, डिजायन वा टेडमार्क हस्तान्तरण गरी लिन वा प्रयोग गर्न चाहने दुवै व्यक्तिले सो कुरा खुलाई संयुक्त रुपमा विभागमा दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दरखास्त पर्न आएमा विभागले त्यस्तो पेटेण्ट, डिजायन वा टेडमार्क हस्तान्तरण गर्ने वा प्रयोग गर्ने अनुमति दिन सक्नेछ ।
(४) विभागले उपदफा (३) बमोजिम हस्तान्तरण गर्ने अनुमति दिएमा हस्तान्तरण गरी लिने व्यक्तिको नाममा सो पेटेण्ट, डिजायन वा टेडमार्क नामसारी गरिदिनु पर्नेछ ।
(५) विभागले उपदफा (२) बमोजिम प्रयोग गर्ने अनुमति दिएमा सो को व्यहोरा विभागमा रहेको दर्ता किताब र प्रमाणपत्रमा समेत जनाई प्रयोग गर्न अनुमति पाउने व्यक्तिलाई सो को निस्सा दिनु पर्नेछ ।